About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ फागुन
मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम खतिवडाले आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आज पत्रकार सम्मेलन गरी उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा उहाँले आफू यस क्षेत्रको भूगोल बुझेको, समस्या बारे जानकार र अनुभवी उम्मेद्वार रहेको बताउनु भयो । सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डायभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, साथै क्षेत्रका सिँचाइ कुलो, पैनी र नहरको निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख छ । यस्तै कृषि आधुनिकीकरण, पकेट क्षेत्र निर्धारण, कृषि जोन र सुपर जोन निर्माणलाई अघि बढाउने योजना पनि प्रस्तुत गरिएको छ ।
त्यसैगरी सबै पालिका स्तरमा पर्यटन विकास गुरुयोजना तयार गरी प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने प्रतिबद्धता जनाइएको छ । स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा ठूला उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने तथा सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ ।
घोषणापत्रमा प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेलाई प्रदेशकै नमुना अस्पतालमा स्तरोन्नति गर्ने, युवाले सञ्चालन गरेका नवप्रवर्तन, उद्योग र व्यवसायलाई सहुलियत तथा सहुलियत कर्जा कार्यक्रममार्फत प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ । महिला उद्यमशीलता प्रवद्र्धन, बालमैत्री शिक्षा र बालपोषणमा विशेष ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । यसैगरी निर्माणाधीन तथा प्रस्तावित सडक योजनाहरू सम्पन्न गरी स्तरोन्नति गर्ने, सार्वजनिक जवाफदेहिता, पारदर्शिता, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ जस्ता सुशासनका औजार पूर्ण रूपमा कार्यान्वयन गर्ने तथा संघीय संसदमा दर्ता भएका शिक्षा विधेयकसहित जनहितका कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने खतिवडाले प्रतिवद्धता जनाउनु भएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय