About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० फागुन
कार्यसम्पादन मूल्याङ्कनमा मोरङ जिल्लाका स्थानीय तह मध्ये केराबारी पहिलो भएको छ । यस्तै, उर्लाबारी नगरपालिकामध्ये पहिलो भएको छ ।
जिल्लाका १७ स्थानीय तहमध्ये केराबारीले ४२.०७ अंक प्राप्त गरी जिल्लामा पहिलो भएको हो । यस्तै, उर्लाबारी नगरपालिका ३५.१८ आंक सहित दोस्रो भएको छ । जिल्लाका ८ नगरपालिका र १ महानगरपालिकामध्ये उर्लाबारी पहिलो भएको हो ।
मोरङका विराटनगर महानगरपालिकाको ३२.८५, रंगली नगरपालिकाको ३२.४२, बुढीगंगा गाउँपालिकाको ३२.१८, ग्रामथान गाउँपालिकाको ३१.३१, सुन्दरहरँैचा नगरपालिकाको ३०.९२, कटहरी गाउँपालिकाको २९.९३, सुनवर्षी नगरपालिकाको २९.७९, बेलबारी नगरपालिकाको २९.२४ अंक प्राप्त भएको छ ।
यस्तै, रतुवामाई नगरपालिकाको २७.७१, पथरीशनिश्चरे नगरपालिकाको २७.४६, मिक्लाजुङ गाउँपालिकाको २६.५५, लेटाङ नगरपालिकाको २४.२२, कानेपोखरी गाउँपालिकाको २३.४४, धनपालथान गाउँपालिकाको २२.०८ र जहदा गाउँपालिकाको १८.४० अंक प्राप्त भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पारित गरे÷गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय