About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ पुस
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को ३५ औँ स्थापना दिवसको अवसरमा उर्लाबारी नगर समितिले दीप प्रज्वलन तथा सामाजिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
प्याव्सनको कार्यालय परिसरमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको थियो । यस्तै, उर्लाबारी–५ का दृष्टिविहीन दम्पती राजकुमार राई र उनकी श्रीमतीलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको उक्त दम्पतीका दुई छोरीमध्ये एक कक्षा १० र अर्की कक्षा ५ मा अध्ययनरत छन् । उनीहरूको दैनिकी र अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले चामल, भुजा, तेल, साबुनलगायत खाद्यान्न सामग्री तथा स्टेशनरी सामग्री प्रदान गरिएको प्याव्सन नगर अध्यक्ष सूर्यकुमार पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्याव्सन उर्लाबारी नगर अध्यक्ष सूर्यकुमार पौडेल, कोशी प्रदेश समिति सहसचिव भूवन श्रेष्ठ, प्रदेश सदस्य दिनेश पोख्रेल, जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, नगर समिति सचिव एलपी राईसहित प्याव्सन आवद्ध विद्यालय सञ्चालकहरू हेमचन्द्र भट्टराई, तारा सुब्बा, कुवेर न्यौपाने, ढुण्ढुराज भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीले प्याव्सनले शिक्षा क्षेत्रसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय