About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ फागुन
उर्लाबारी नगरपालिकास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधिका मावि उर्लाबारी–६ ले जितेको छ । फागुन १ देखि ३ गतेसम्म सञ्चालित प्रतियोगितामा ११ स्वर्ण ६ रजत र ८ कास्यसहित राधिकाले उपाधि हात पारेको हो ।
यस्तै, ८ स्वर्ण, ५ रगत १० कास्यसहित लक्ष्मी मावि उर्लाबारी–८ दोस्रो, ४ स्वर्ण, ५ रजत, ५ कास्यसहित सार्वजनिक मावि उर्लाबारी–९ तेस्रो भएका छन् । विजेता विद्यालयहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार विकास राज्य मन्त्री शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, राधिका मावि शिक्षक अभिभावक संघका अध्यक्ष गणेश दुलाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।


राधिका मावि उर्लाबारी–६ मा सञ्चालित प्रतियोगितामा उर्लाबारी नगरपालिकाका सामुदायिक र संस्थागत गरी २७ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा, दौड, हाइजम्प, लङ्जम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, कराँते, तेक्वान्दोलगायत खेल भएको राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय