About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ फागुन
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार खड्ग फागोको पक्षमा जनसमर्थन बढ्दै गएको छ । आज मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार र तोरीबारी क्षेत्रमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको कांग्रेस पार्टीले जनाएको छ ।


कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, कृषि पूर्वाधार विस्तार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले जनप्रतिनिधि जनताकै बीचमा बसेर समस्या सुन्ने, छलफल गर्ने र प्राथमिकताका आधारमा समाधान खोज्ने खालको हुनुपर्ने अपेक्षा व्यक्त गरे ।
उम्मेदवार फागोले आफू निर्वाचित भएमा सुशासनलाई पहिलो प्राथमिकता बनाउँदै अधुरा तथा अपुरा विकास योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । “जनताको मतले संसद् पुगेपछि पनि म जनताकै बीचमा रहनेछु । समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्न निरन्तर लागिपर्नेछु,” उनले बताए ।
स्थानीयहरूले फागोलाई विजयी गराएर संसद् पठाउने विश्वास व्यक्त गर्दै मोरङ–१ मा नेपाली कांग्रेसको माहोल दिनप्रतिदिन मजबुत बन्दै गएको प्रतिक्रिया दिएका छन् । चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा देखिएको सक्रियता र उत्साहलाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा हेरिएको एक कार्यकर्ताले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय