About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ पुस
कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । शुक्रबार झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पतालको शुभारम्भ गर्नुभयो । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना संकलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ ।


मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताउनुभयो । तत्कालै महामारी फैलिँदादेखि स्वास्थ्य शिविर सञ्चालन गर्न यो प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पु¥याउने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउनुभयो । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । सोही अवसरमा शुक्रबार कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय