About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ पुस
मोरङको उर्लाबारीमा १० औँ एसक्युसी हव कन्भेन्सन अर्थात विद्यार्थी गुणीय चक्र पहिचानका लागि एक विशेष कार्यक्रम सम्पन्न भएको छ । आज क्वेस्ट उर्लाबारी हबको आयोजनामा सुनगाभा बोर्डिङ स्कुलमा विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले भोगेका र देखा परेका समस्याहरुको केस स्टडी मार्फत पहिचान गरी समस्या समाधानमा उनीहरुले गरेको प्रयासलाई सबै सामु सार्वजनिकीकरण गरिएको थियो । उर्लाबारी हबका कोअर्डिनेटर एलपी राईले विद्यार्थीहरुले समस्याको पहिचान मात्र नभई वैज्ञानिक र आधुनिक तरिकाले समस्या समाधान गर्न विद्यार्थी आफैँ सक्षम हुन यस कार्यक्रमले ठूलो टेवा पुगेको बताउनुभयो ।


यसबाट विद्यार्थीको भविष्यमा पर्ने समस्यासँग विद्यार्थी आफँै जुध्न सक्ने बताउँदै उनीहरुमा विभिन्न प्रतिभाको विकास हुने उहाँले बताउनुभयो । विद्यार्थीको सुनौलो भविष्य निर्माण तथा शिक्षासँगै नेतृत्व विकासमा यो कार्यक्रमले ठूलो सहयोग पुगेको उहाले जानकारी दिनुभयो ।
उर्लाबारीका छ वटा निजी विद्यालयका ४९ जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा प्यानल डिस्कसन, केस स्टडी, क्वालिटी क्वीज, आर्ट एण्ड कोलाज, ट्रेजर हन्टलगायतमा विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा विभिन्न विधामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।


क्वेस्ट नेपालका बरिष्ठ उपाध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ हबका विनोद फुयाँल, सूर्य खवासलगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्याव्सन कोशी प्रदेश सहसचिव भूवन श्रेष्ठ, मोरङ जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, प्याव्सन नगर अध्यक्ष सूर्य पौडेललगायतको आतिथ्यता रहेको थियो । उर्लाबारीका ब्रिलियन्ट, सनसाइन, सुनगाभा बोर्डिङ, कुडोस विद्या सदन, पार्लेन्स इन्टरनेशनल एकाडेमी र ओभल ल्याबरेटरी स्कुलका विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय