उर्लाबारी, ४ पुस
वेतिनी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२ को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज संस्थाको प्राङ्गणमा भएको साधारणसभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
वेतिनी सामुदायिक वन तथा वेतिनी सिमसारको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उर्लाबारी न्युज डटकमका सञ्चालक घनश्याम भण्डारीलाई सम्मान गरिएको छ । भण्डारीलाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यस्तै, वन समूहमा कार्यरत कर्मचारी मध्ये यस वर्ष कार्यालय सहायक शोभा थापा र सिमसार कर्मचारी नेत्रकुमारी घिमिरेलाई पनि नगदसहित सम्मान गरिएको छ । वन संरक्षणमा योगदान गरेको भन्दै वन समूहका उपभोक्ता ताराप्रसाद गिरी, मोहन थापा र बलानन्द लिम्बू, टोली संयोजकहरु, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष भीमबहादुर राईले वार्षिक कार्ययोजना, सचिव अर्जुन बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अरुणा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीका सीमसार क्षेत्रको विकासका लागि नगरपालिकाले कार्य गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले पर्यटन क्षेत्रको विकासमा पनि ध्यान दिएको जनाउनुभयो । साधारणसभामा उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, सामुदायिक वन महासंघ नेपालकी उपमहासचिव सीता श्रेष्ठ, प्रदेश महासंघ सदस्य ऐनकुमारी दाहाल, जिल्ला महासंघका मदन पोख्रेल, मनोहर सामुदायिक वनका सचिव भीम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।





