About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २८ मंसिर
इष्टर्न वेभरेज प्रालि झापाले बेला पानीको उल्लेखनीय सफलतापछि बेला डेरीको व्यवसायलाई पनि विस्तार गर्दै दमकमा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । बिक्री केन्द्र स्थापना भएसँगै दमक तथा आसपासका उपभोक्ताले बेला डेरीका उत्पादनहरू सहज रूपमा पाउने भएका छन् ।
बेला डेरीका बजार प्रबन्धक मिलन शर्मा मैनालीका अनुसार हाल कोशी प्रदेशका विभिन्न बजारमा डेरी उत्पादनको बिक्री वितरण भइरहेको छ । बजार विस्तार योजनाअन्तर्गत बिर्तामोड, इटहरी, धरान जस्ता मुख्य शहरहरूमा पनि बिक्री केन्द्र खोल्ने तयारी गरिएको उनले जानकारी दिए ।
डेरी उद्योगको मुख्य उद्देश्य किसानले उत्पादन गरेको ताजा दूधलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी गुणस्तरीय दुग्धजन्य परिकार उत्पादन गरेर बजारमा पु¥याउनु रहेको छ । ‘गोठदेखि ओठसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै उद्योगले किसानसँग प्रत्यक्ष रूपमा दूध खरिद गर्दै आएको छ । हाल दैनिक करिब सात हजार लिटर दूध किसानबाट संकलन गरिँदै आएको छ ।
बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि व्यवसाय विस्तारको सिलसिलामा बिक्री केन्द्र खोलिएको मैनालीले बताए । बेला डेरीले दूध, दही, मोही, घिउ, पनिर, आइसक्रिम, लस्सी लगायतका दुग्धजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ । बेला डेरीको मुख्य कारखाना झापा जिल्लाको गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बामा रहेको छ ।
बेला पानी उद्योग तथा बेला डेरी उद्योगका सञ्चालक रामचन्द्र प्रसाईका अनुसार पाँच वर्षअघि सुरु गरिएको बेला पानी हाल कोशी प्रदेशमै राम्रो बजार लिन सफल भएको छ । दुई वर्षअघिदेखि सञ्चालन गरिएको डेरीका उत्पादनहरू विराटनगर, इटहरी, धरान, इनरुवा र बिर्तामोडसम्म पु¥याइँदै आएको छ ।
पानी र डेरी उद्योग सञ्चालनसँगै झण्डै दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । उद्योगले किसान, उपभोक्ता र स्थानीय बजारलाई जोड्दै अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय