About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १८ असोज
गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार आगामी केही दिन देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहिरो, डुबान, बाढी, भूक्षयलगायतका जोखिम बढ्ने अनुमान गरिएको छ। ती कारणले यातायात तथा जनजीवनमा असर पर्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबै नागरिकलाई अनुरोध गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय