उर्लाबारी, १५ भदौ
उर्लाबारीमा सञ्चालित अंग्रेजी हिज्जे प्रतियोगितामा सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिद्वारा आज आयोजित कक्षा ५ सम्मको हिज्जे प्रतियोगितामा मोरङ मोडल आमावि दोस्रो र सुनगाभा बोर्डिङ स्कुलले तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्याव्सन नगर समिति अध्यक्ष सूर्यकुमार पौडेलको अध्यक्षता र प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्याव्सन आवद्ध उर्लाबारीका २१ विद्यालयले सहभागिता जनाएका थिए । विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्याव्सन नगर समिति सचिव एलपी राईले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि भट्टराई, प्याव्सन प्रदेश समिति सहसचिव भुवन श्रेष्ठ, प्रदेश सदस्य दिनेश पोख्रेल, प्याव्सन मोरङका सल्लाहकार सुरेन्द्र सुवेदीलगायतले पुरस्कार वितरण गर्नुभयो ।
नगर स्तरीय प्रतियोगिताका उत्कृष्ट सात विद्यालयले जिल्लास्तरीय हिज्जे प्रतियोगितामा सहभागिता जनाउने सचिव राईले जानकारी दिनुभयो । सप्तकोशी, मोरङ मोडल, सुनगाभासहित पार्लेन्स इन्टरनेशनल एकाडेमी, शिशु शिक्षा सदन, सनसाइन बोर्डिङ र कुडोस विद्या सदन जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका हुन् ।




