About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ भदौ
उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा गोपालप्रसाद भट्टराई चयन हुनुभएको छ । कार्यसमिति सदस्य हुँदै तीन कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको भट्टराई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
संस्थाको निर्वाचन कार्यक्रम अनुसार ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत् चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा नारदमणि नेपाल, सचिवमा प्रेमबहादुर बोहोरा, कोषाध्यक्षमा भानुभक्त रिमाल रहनुभएको छ । यस्तै, संचालक सदस्यमा घनेन्द्र दुलाल, सुशीला श्रेष्ठ, नेत्रकुमारी भट्टराई, निर्मला काफ्ले नेपाल र कुलबहादुर बस्नेत चयन हुनुभएको छ ।
लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा टंक निरौला तथा सदस्यमा प्रेमकुमार निरौला र गंगा भट्टराई रहनुभएको निर्वाचन समितिले जनाएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि भदौ १४ गते मतदानको कार्यक्रम तय गरिए पनि सर्वसम्मत् नेतृत्व चयन भएको वर्तमान अध्यक्ष तेजनाथ घिमिरेले जानकारी दिनुभयो । सूर्य बचतको २५ औं साधारणसभा भदौ २१ गतेलाई तोकिएको उहाँले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय