About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ६ भदौ
मैवाखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ताप्लेजुङ जिल्लामा प्रथम भएको छ । जिल्लामा रहेका ९ पालिकामध्ये मैवाखोला गाउँपालिकाले ७९.५० अंक प्राप्त गर्दै प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजा अनुसार जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङले ५९.७५ अंक प्राप्त गरेको छ । यस्तै, मेरिङ्देन गाउँपालिकाले ७८.५०, पाथीभरा यङ्वरक गाउँपालिकाले ७६.७५, मिक्वाखोला गाउँपालिकाले ७५.५०, सिरिजंगा गाउँपालिकाले ७१.२५, फक्ताङ्लुङ गाउँपालिकाले ६६.७५, आठराई त्रिवेणी गाउँपालिकाले ६३ र सिदिङ्वा गाउँपालिकाले ५३.७५ अंक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ ।
कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय