About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ साउन
मोरङको टाँडीमा मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका एक किशोरको मृत्यु भएको छ । मोरङको पर्यटकीय क्षेत्र रमितेबाट फर्किँदै गरेको मोटरसाइकल मिक्लाजुङ गाउँपालिका–३ स्थित टाँडीको अधिकारी चौकमा शनिबार दिउँसो दुर्घटना हुँदा उर्लाबारी–४ का १७ वर्षीय आरप डाँगीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार मे २ प ९०९७ नम्बरको मोटरसाइकल दिउँसो करिब ३ः५० बजेतिर अनियन्त्रित भई पल्टिँदा चालक डाँगी गम्भीर घाइते भएका थिए । उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा डाँगीको टाउकोमा गम्भीर चोट लागेको थियो । सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ का १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार अधिकारी चौकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई रोडबाट लगभग १५ मिटरभित्र केराघारीमा रहेको पिठारीको रुखमा ठोकिएको थियो । मृतक डाँगीको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय