About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ साउन
३१ औं विश्व आदिवासी दिवस उर्लाबारीमा भव्यताका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
रक्तदान, रयाली, झाँकी प्रदर्शनसहित औपचारिक कार्यक्रम गरिएको छ । उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा आयोजित कार्यक्रमका बक्ताहरुले आदिवासी जनजातिका अधिकारका बारेमा धारणा राखेका थिए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता र महासंघ नगर समन्वय परिषद्का अध्यक्ष प्रेम याक्खाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख खरेल, विशिष्ट अतिथि पूर्व नगर प्रमुख खड्ग फागो, वडाध्यक्षहरु कल्याणकुमार राई, नरबहादुर मोक्तान, नेकपा एमाले नगर अध्यक्ष निरोज तिम्सिना, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गजेन्द्र दंगाल, रास्वपा नगर अध्यक्ष उमेशजंग थापा, धिमाल जातीय विकास केन्द्रका महासचिव मात्रिका धिमाल, किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष बानु सुब्बा, रुद्रबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति नगर समन्वय परिषदमा आवद्ध १३ जातीय संस्थाको झाँकी तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । साथै, महासंघका पूर्व नगर अध्यक्षहरु रामकुमार राई, जय पाख्रिन, पात्रे धिमाल, मणिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । नगर सचिव सुशीला मगरले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुकुरमुनी बेस्राले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्वअध्यक्ष रामकुमार राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पर्नुभएको थियो ।
औपचारिक कार्यक्रम अघि १३ वटै जातीय संस्थाले उर्लाबारी–७ चिउरामिलबाट रयाली निकालेर बरगाछी, उर्लाबारी चौक, स्कुलडाँडा हुँदै कार्यक्रम स्थलमा पुगेका थिए । महासंघले आजै बिहान रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३४ जना पिन्ट रगत संकलन भएको थियो । आजको कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षलाई अध्यक्ष प्रेम याक्खाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय