About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ साउन
नेकपा एमाले मोरङको दोस्रो पूर्ण बैठक आज सुन्दरहरैँचामा सम्पन्न भएको छ । उक्त बैठकले जिल्ला समितिको कार्य विभाजन गरेको छ । कार्यविभाजन अनुसार स्थानीय विकास विभागको प्रमुखमा अध्यक्ष अजम्बर राई, स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुखमा उपाध्यक्ष सागर थापा, संगठन विभाग प्रमुखमा सचिव सोमराज थापा, वित्तीय तथा कोष ब्यवस्थापन प्रमुखमा उपसचिव उषा झा र जनसंगठन संयन्त्र विभाग प्रमुखमा उपसचिव सन्तोष वान्तवालाई जिम्मेवारी दिइएको छ ।
यस्तै, बैठकले संघीय निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्रीय कमिटीका संयोजक पनि तोकेको छ । क्षेत्र नं. १ मा अग्नि भट्टराई, २ मा दुर्गा बिष्ट, ३ मा भोला अधिकारी, ४ मा राजन भण्डारी, ५ मा सुकदेव यादव र क्षेत्र नं. ६ मा वैजु विश्वासलाई क्षेत्रीय कमिटी संयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकले ११ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा बुद्धिमान लिम्बू, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्बू, गुणावती धामी, कृष्णकुमारी निरौला, तिला शर्मा, सुमन मिरिङचिङ र इरान राई रहेको सचिव सोमराज थापाले जानकारी दिए । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय