About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असार
कृषकहरूको प्रोत्साहनका लागि उर्लाबारी नगरपालिकाले उदाहरणीय कदम चालेको छ । १४ औं नगरसभा सम्पन्न हुने अवसरमा आज नगरपालिकाले विभिन्न १२ विधाका १२ जना उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ ।
सभामा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले कृषकहरूलाई दोसल्ला ओढाइ, सम्मानपत्र प्रदान गर्दै जनही १५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गर्नुभयो ।
सम्मानित हुने कृषकहरुमा तरकारी खेतीतर्फ वडा नं. ५ का सोमप्रसाद आचार्य, फलफूल खेतीतर्फ वडा नं. २ का महेश भण्डारी (सक्षम), खाद्यान्न उत्पादनतर्फ वडा नं. ४ का शोभित कार्की, तेलहन बालीतर्फ वडा नं. ४ का तेजबहादुर बस्नेत, च्याउ खेतीतर्फ वडा नं. ८ का तिर्थराज न्यौपाने, मौरीपालनतर्फ वडा नं. २ का रमेश खड्का, गाईपालनतर्फ वडा नं. ६ का रेवतीरमण कोइराला, बाख्रापालनतर्फ वडा नं. २ का रेवत थापा, बंगुरपालनतर्फ वडा नं. ४ का चन्द्रजित फोम्बो, कुखुरापालनतर्फ वडा नं. ८ का महेन्द्र दाहाल, घाँस खेतीतर्फ वडा नं. ९ का नवराज दाहाल र माछापालनतर्फ वडा नं. १ का श्याम श्रेष्ठ रहेका छन् ।
नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले हरेक वर्षजस्तै यस वर्ष पनि विधागत रूपमा उत्कृष्ट कृषक छनोट गरी सम्मान गरिएको जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय