
ताप्लेजुङ, २१ असार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष कार्यक्रम अन्तर्गत मागमा आधारित रहेर विभिन्न सामग्री तथा चौपाय वितरण गरेको छ । ‘शसक्तिकरणको लागि अध्यक्षकोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ बमोजिम माग प्रस्तावना आह्वान गरी प्रत्येक वडामा गठन भएका दलित समूहबाट आएका माग तथा वडाको सिफारिस अनुसार ११ लाख ६४ हजार रुपैयाँ बराबरको सामग्री आज वितरण गरिएको हो ।
दलितहरुको सामाजिक, आर्थिक तथा साँस्कृतिक उत्थान गर्दै आयआर्जनमा टेवा पु¥याउने सामग्री, शौचालय निर्माणका लागि आवश्यक सामग्रीहरु तथा पशुपालनका लागि उन्नत जातका गाई, भैसी र बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
वडा नं. १ मा नवजागरण दलित समूहलाई नौमती बाजा, फुलमाया कालिकोटे, केशब बराइली र उत्तम रहपाललाई १।१ थान टनेल, मैतराज सापकोटा र आइराज कामीलाई आरन, रामकुमार वि.क, दलबहादुर कामी, हरिकृष्ण रहपाललाई १।१ थान ग्यास सिलिण्डर, सन्तोष दर्नाललाई मोटर र अन्य मेसिन प्रदान गरिएको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो ।
यस्तै, वडा नं. २ मा दिपक विश्वकर्मा, ज्ञानबहादुर विश्वकर्मा, मिलन विश्वकर्मा, कमलादेवी विश्वकर्मा, सन्तमान विश्वकर्मा, राम नेपाली, मनबहादुर बराइली, प्रेमकुमारी विश्वकर्मा, विरबहादुर विश्वकर्मालाई १।१ वटा उन्नत जातको बाख्रा, ईन्द्रबहादुर विश्वकर्मालाई उन्नत जातको भैँसी वितरण गरिएको छ ।
उता, वडा नं. ३ का सुमन कार्कीडोली र मनमाया कार्कीडोली, गोपाल विश्वकर्मा, संजिता कार्कीडोली र दिपक सुनारलाई वाथरुम, शौचालय निर्माणका लागि पाईप, प्यान, सिमेन्ट, जस्तापाता, काँटी, समिर सुनार, साजन सुनार, धनबहादुर सुनार, राते विश्वकर्मा, भगीरत विश्वकर्मालाई टनेल एक । एक थान, पूर्णबहादुर वि.क. र सलबहादुर वि.क.लाई आरन, सुरविर कार्कीडोलीलाई उन्नत जातको बंगुर प्रदान गरिएको छ । उक्त वडाको माङमाया दलित समूहलाई एक थान ब्राजिल मेसिन प्रदान गरिएको छ ।
उता, वडा नं. ४ मा डिल्लीबहादुर बराइली र डम्बरबहादुर बराइलीलाई १।१ वटा उन्नत जातको गाई, बुद्धिलाल बराइलीलाई बाथरुम, शौचालय निर्माण सामग्री तथा केन्द्रिय लाइन जडान वायरिङ सामग्री दिइएको छ । वडा नं. ५ मा सुरेश नेपाली र अर्चना कामीलाई पाइप, टेकबहादुर वि.क., नगेन कामी, लते कामीलाई ब्राजिल मेसिन १।१ थान प्रदान गरिएको छ ।
यस्तै, मैवाखोला गाउँपालिकाको गरिबी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. ५ र ६ का चार जना उद्यमीलाई सामग्री प्रदान गरिएको छ । वडा नं. ५ का पेम्बालामु शेर्पा र वर्षा लिम्बू, वडा नं. ६ का फुर्वालामु शेर्पा र आइतीमाया लिम्बूलाई जनही आधुनिक ढाकाको थान, कोका काइयो, धागोको तान र भाटा वितरण गरिएको छ ।
साथै जलवायु परिवर्तन लगायतका कारण प्राकृतिक विपत्तिमा परेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोग स्वरुप वडा नं. ३ का सुमन कार्कीडोलीलाई जस्ता पाता, मगरा, काँटी, वासर तथा सीप विकास तालिम शीर्षक अन्तर्गत दिपक सुनारलाई ह्याम्वर, ग्लेन्डर, आरन मेसिन हस्तान्तरण गरिएको छ ।
उक्त सामग्रीहरु गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले वितरण गर्नुभयो । दलितहरुलाई व्यवसायिक, आत्मनिर्भर र सशक्तिकरणका लागि गाउँपालिकाले मागमा आधारित सामग्री वितरण गरेको अध्यक्ष वनेमले बताउनुभयो ।
