About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ जेठ
उर्लाबारीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाको आँखा जाँच गरिएको छ । उर्लाबारी–४ स्थित आदर्श स्कुलडाँडा टोल विकास संस्थाको आयोजना र विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
वडा नं. ४ कार्यालयको आर्थिक सहयोगमा सप्तकोशी बोर्डिङ स्कुलमा सञ्चालित शिविरमा आँखा तथा चस्मा जाँच गरिनुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा चस्मा समेत उपलब्ध गराइएको थियो । शिविरबाट पहिचान भएका २८ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकोले निःशुल्क शल्यक्रियाका लागि विराटनगर पठाइएको टोल विकास संस्थाकी अध्यक्ष ममता पाण्डे बुढाथोकीले बताइन् ।


अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कल्याणकुमार राईले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा कार्यपालिका सदस्य कृष्णमाया कडरिया, वडा सदस्यहरु शेखरनाथ दाहाल, अमृता नेपाली, सुरेन्द्र न्यौपाने, सप्तकोशी बोर्डिङका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईलगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव रामकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक डिल्लीराम खतिवडाले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर