About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ जेठ
उर्लाबारीमा सञ्चालित चित्रकला प्रतियोगिताको उपाधि सिनियरतर्फ नेहा चौलागाईँ र जुनियरतर्फ सौरव कटुवालले हात पारेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा आज सम्पन्न प्रतियोगितामा सिनियरतर्फ नेपाल आदर्श अंग्रेजी माविकी नेहा प्रथम भएकी हुन् । प्याव्सन आवद्ध १८ विद्यालयका विद्यार्थीले सहभागिता जनाएको उक्त विधामा मोरङ मोडल आमाविकी कृष्मा श्रेष्ठ दोस्रो र कुडोस विद्या सदनकी खुशी राई तेस्रो भए ।
जुनियरतर्फ २२ विद्यालयले सहभागिता जनाएकोमा सनसाइन अंग्रेजी माविका सौरव कटुवाल प्रथम, उर्लाबारी लिटिल एन्जेल स्कुलकी लिडिया थापा मगर दोस्रो र सुनगाभा बोर्डिङ स्कुलका दिपन भण्डारी तेस्रो भए । उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्रदेश समिति सहसचिव भुवन श्रेष्ठ, प्रदेश समिति सदस्य दिनेश पोख्रेल, जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, जिल्ला सदस्य नेत्रप्रसाद गड्तौला, नगर समिति अध्यक्ष सूर्य पौडेललगायतले ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।
नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट सिनियरतर्फ पाँच र जुनियरतर्फ सात जनाले यही जेठ अन्तिममा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याव्सनले जनाएको छ । नगर अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीप्रसाद राईले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर