
उर्लाबारी, १३ वैशाख
उर्लाबारी सहकारी सञ्जालको ५ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः सीता कार्की चयन हुनुभएको छ । आज श्रीसगरमाथा साकोसको सभाहलमा भएको साधारणसभाले नारी संकल्प साकोसकी पूर्वअध्यक्ष कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सिद्धिविनायक बहुद्देश्यीय सहकारीका गणेश खत्री, सचिवमा नारी सृजना कृषि सहकारीकी गीता खतिवडा, सहसचिवमा महिला उत्थान साकोसकी सर्सुदेवी गुरुङ र कोषाध्यक्षमा सुनपकुवा साकोसका राजेन्द्र आचार्य चयन हुनुभएको छ । सर्वसम्मत् चयन भएको समितिको सदस्यमा शुभचन्द्रसूर्य साकोसका टिकाप्रसाद अधिकारी, पञ्चेश्वर साकोसका छत्रबहादुर कार्की, कान्ति साकोसका इन्द्र संग्रौला, वैभवलक्ष्मी साकोसका केदार खनाल, कुमारी साकोसका गोपाल श्रेष्ठ र सहकारी कर्मचारी प्रतिनिधि चक्र खड्का रहनुभएको छ । यस्तै, लेखा समिति संयोजकमा हाम्रो साकोसका ज्ञानेन्द्रप्रसाद भट्टराई, सदस्यहरुमा मितेरी बचतका प्रदीप खनाल र श्रीसगरमाथा साकोसकी इन्दु भट्टराई कार्की रहनुभएको छ ।
अध्यक्ष सीता कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष प्रेमप्रकाश कोइराला प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाल, जिल्ला सहकारी संघका पूर्वअध्यक्ष तेजकुमार रिजाल, जिल्ला सहकारी संघका सदस्य चन्द्र भट्टराईलगायतको आतिथ्यता रहेको थियो । सञ्जालको निर्वाचन सम्पन्न गर्नका लागि रामप्रसाद गौतम संयोजक, चक्र खड्का र चित्र न्यौपाने सदस्य रहेको समिति गठन गरिएको थियो ।
