About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ वैशाख
कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत, पूर्वाधार निर्माण लगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, निजी क्षेत्र, गैरआवासीय नेपाली एवं प्रत्यक्ष वैदेशिक लगानीका रु एक खर्व ३९ अर्ब ३० करोड ५२ लाख विभित्र परियोजनामा प्रतिबद्धता आउने विश्वास गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यवसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने विश्वास गरिएको बताउनुभयो । सम्मेलनबाट कोशी प्रदेश प्रमुख लगानीको गन्तव्य स्थलको रुपमा परिचित र स्थापित हुने अपेक्षा गरिनुका साथै प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ,सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रुपमा सहयोग पुग्ने उहाँको भनाई छ ।
सम्मेलनले प्रदेशको औद्योगिकरण र रोजगारी सिर्जनामा महत्वपूर्ण उपलव्धी हासिल हुने बताउनुभयो । उहाँले प्रदेशमा पुँजी निर्माणका लागि सम्मेलन आयोजना गरेको हो भन्दै यसमा निजी क्षेत्र, गैर आवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउनु मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँले प्रदेशमा औद्योगीकरणका लागि आवश्यक जग्गा लिजमा दिन, विद्युत महशुल अनुदान दिने आवश्यक कानुन निर्माण गरी कोषको स्थापना गर्ने जानकारी दिनुभयो । विगतको अनुभवको आधारमा भोलि कार्यान्वयनमा जाने योजनाहरुमा सम्झौता गरिने जानकारी दिँदै प्रदेशमा उद्योग स्थापनाका लागि एकद्वार प्रणाली मार्फत सहजताका लागि आवश्यक कानुन निर्माण र संशोधन गरिने जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्ताहरुलाई सहज वातावरण सिर्जना गर्न प्रदेश सरकार अध्यादेश मार्फत कानुन संशोधन गरी नीतिगत व्यवस्था गर्ने धारणा राख्नुभयो । लगानी सम्मेलनका संयोजक एवं प्रदेशका सचिव पवनकुमार तिमल्सिना र प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले प्रदेशमा सार्वजनिक, निजी र साझेदारी अन्तर्गतका परियोजनालाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुन, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गरिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले सम्मेलनलमा यस क्षेत्रमा उद्यौगिक वातावरण कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै प्रदेश सरकार यस क्षेत्रमा औद्योगीयक क्षेत्र निर्माण गरेमा ठूला–ठूला उद्योग स्थापन गर्न थप लगानी भित्रिने विश्वास जनाउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय