About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २४ माघ
यही माघ २७ गतेदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने गाउँपालिकाले निर्णय गरेको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमको अध्यक्षतामा गाउँ कार्यपालिकाको आज बसेको बैठकले प्रतियोगितालाई सभ्य, भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित नारायणी मावि साँघुमा हुने प्रतियोगिताको उद्घाटनका दिन पालिकाभर स्थानीय विदा दिने निर्णय भएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै, प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागी हुने खेलाडीहरुले स्वर्ण पदक जितेमा प्रति स्वर्ण पदक जनही पाँच हजार रुपैयाँ नगद उपलब्ध गराउने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
विद्यार्थीहरुलाई खेलप्रति हौसला प्रदान गर्न यस्तो निर्णय गरिएको पालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले बताउनुभयो । खेलमा मैवाखोला गाउँपालिकाको तर्फबाट सहभागी हुने खेलाडीलाई खेल अवधि भर कुनै चोटपटक लागेमा प्रति खेलाडी एक लाख रुपैयाँ बराबरको उपचार बीमा गराउने निर्णय भएको उहाँले बताउनुभयो । प्रतियोगितामा ताप्लेजुङका ९ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय