About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २० पुस
ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलित सुन तथा चाँदीलाई गाल्न थालिएको छ । मन्दिरमा तीर्थयात्रीले चढाएका ९८ तोला सुन तथा ९२ किलो चाँदी आज शुक्रवारदेखि गाल्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गामले बताउनुभयो ।
सुनलाई गाल्न दुई दिन र चाँदीलाई भने एक हप्ता लाग्ने हाङ्गामले जानकारी दिनुभयो । समितिसँग अहिले गालिएको सुन ८६ तोला ९० लाल रहेको उहाँले बताउनुभयो । पाथीभरा सुनचाँदी कला व्यवसायी संघको संयोजनामा सुन चाँदी गाल्न थालेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । गालिएका सुन चाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।
समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । सङ्कलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा गाल्ने काम गर्दै आएको छ । पाथीभरा मन्दिरबाट संकलित छ हजार पाँच सय ३९ किलो सात सय ६७ ग्राम तामा तथा १६ हजार छ सय ३८ किलो एक सय ग्राम बराबर घण्टी भण्डारण गरेर राखेको समितिले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय