About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,पोखरामा मुख्य कार्यालय रहेको लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले इटहरीमा प्रादेशिक कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । बिमामा विपन्न, गरीब तथा सिमान्तकृत समुदायको पहुँच विस्तार गर्ने उद्धेश्यका कम्पनीले इटहरी बाट प्रादेशिक सेवा सुरु गरेको जनाएको छ । कम्पनीले इटहरी र गाइघाटमा आधारभुत तालिम सम्पन्न गरेको छ । यो कम्पनीले कोशी प्रदेशको ईटहरी, गाईघाट र दमकमा कार्यलय संचालनको अनुमती पाएको छ । कम्पनीले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै गाउँ गाउँमा विमाको सेवा पुर्याउन विमा सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको लिबर्टी माईक्रो ईन्सुरेन्स का डि.जि.एम तथा चिफ मार्केटिङ्ग अफिसर अशोक कुवँरले बताउनुभयो ।
लघुबिमामा उमेर अनुसार निश्चित रकम बुझाएपछि एक बर्षको बिमा हुने गर्छ । न्यून आय भएका वा विपन्न वर्गका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिने बिमा नै ‘लघुबिमा’ हो । सामान्यतः साना आकारको बिमा नै लघुबिमा हो र साना आकारको बिमा गर्ने कम्पनी नै लघुबिमा कम्पनी हुन । यस्ता कम्पनीले तोकिएको सीमाभन्दा माथि गएर बिमा गर्न पाउँदैनन। न्यून आय भएका व्यक्तिको भविष्यमा हुन सक्ने जोखिमलाई लघुबिमाले वहन गर्छ । विश्वका अधिकांश देशमा लघुबिमा कम्पनी सञ्चालनमा छन ।बिमा ऐनमा ब्यवस्था भए बमोजिम एक जना अभिकर्ताले एउटा कम्पनीमा मात्रै काम गर्ने प्रावधान भएपनि लघुजीवन विमा कम्पनीको हकमा भने अन्य जीवन विमा कम्पनीमा काम गरिहेका अभिकर्ताले समेत काम गर्न पाउने कानुनी ब्यवस्था छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय