उर्लाबारी, ३ कार्तिक
नेकपा एमाले उर्लाबारी–८ वडा शाखा कमिटीको आयोजनामा आज दशैँ, तिहार, नेपाल सम्वत्, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि गौतमसहित एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी, योगेश बस्नेत, जिल्ला कमिटी सचिवालय सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, जिल्ला सचिवालय सदस्य अग्नि भट्टराई, नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला, युवा संघ नगर इञ्चार्ज केशव घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष अग्नि सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




