About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ असाेज
नेकपा एमाले काेशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचित उर्लाबारीका तीन जना प्रदेश कमिटी सदस्यलाई सम्मान गरिएको छ । नेकपा एमाले उर्लाबारी नगर कमिटीले उर्लाबारीबाट प्रदेश कमिटीमा निर्वाचित भुपाल जिमी, ज्याेति चाैहान र याेगेश बस्नेतलाई बधाई साथै सम्मान गरेको हाे ।
आज नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्ताेलाकाे अध्यक्षता र पार्टी केन्द्रीय अनुशासन आयाेगकाे सदस्य लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा प्रमुख अतिथि भण्डारीसहित नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा उर्लाबारीका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पाैडेल, जिल्ला कमिटी सदस्य पुष्पलाल ढकाल, अग्नि भट्टराई, नगर अध्यक्ष बास्ताेलालगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा निर्वाचित प्रदेश कमिटी सदस्य भुपाल जिमीले समेत मन्तव्य राख्नुभएको थियाे । साे अवसरमा पार्टीमा नगर कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय