About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ असोज
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् बिस्तार गर्दै हुनुहुन्छ । पूर्व मन्त्रीहरु सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री बन्दै हुनुहुन्छ ।
यस्तै सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्दै हुनुहुन्छ । बुद्धिकुमार राजभण्डारी यसअघि हिक्मत कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । लिलाबल्लभ अधिकारी यस अगाडि भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री हुनुहुन्थ्यो । नयाँ मन्त्रीहरुको चार बजे सपथ ग्रहण हुने कार्यक्रम तय गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय