विराटनगर, २२ भदौ
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की सपथ लिएका छन् । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले सपथ गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेका सांसदहरु तिलकुमार मेन्याङ्वो, एकराज कार्की, पाँचकर्ण राई मन्त्री र सिर्जना राई राज्यमन्त्री नियुक्त भएका हुन् । ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोले खानेपानी, सिंचाइ तथा ऊर्जा, खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ लिएका छन् । यस्तै, समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।




