उर्लाबारी, ३२ साउन
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मेघनाथ तामाङले आफूले प्राप्त गर्ने सेवा सुविधालाई सामाजिक कार्यमा खर्चिने भएका छन् । वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहज र सरल रुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले उनले आफ्नो सेवा सुविधा बापतको रकमबाट अपाङ्गता भएका ब्यक्ति बिरामी हुँदा अस्पतालसम्म पु¥याउँदा र ल्याउँदाको एम्बुलेन्स खर्च तिरिदिने भएका हुन् ।
वडाध्यक्ष तामाङले बुधबार एक सूचना जारी गरी यस्तो जानकारी गराएका हुन् । आफ्नो वडामा रहेका अपाङ्गता भएका व्यक्ति बिमारी पर्दा उपचारमा सहजता होस् भन्ने हेतुले आफ्नो सेवा सुविधा खर्च गर्ने निर्णय गरेको उनले बताए ।




