About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, १५ साउन
गत असार २ गते आएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको अगुवाइमा आर्थिक सहयोग गरिएको छ । ताप्लेजुङ र पाँचथरका बाढी पहिरो पीडितका लागि फागोसहितको टिमले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी प्रदान गरिएको हो । आज नेपाली काँग्रेस ताप्लेजुङको कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच फागोले काँग्रेस जिल्ला कोषाध्यक्ष तारानाथ बराल, पूर्व जिल्ला सभापति केशव दाहाललाई १ लाख ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे । सो अवसरमा फागोले ताप्लेजुङका काँग्रेस नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्दै समसामयिक छलफल गरे ।


यस्तै, आजै फागोले काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी १ लाख ५ हजार ५ सय रुपैयाँ पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मोरङ १ (१) का उपसभापति लोलिम पोमू लिम्बू, सदस्य टंक राई, भेषराज फागो, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष सरोज बस्नेतलगायत सहभागी थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय