काठमाडौं, ११ वैशाख
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १३ हजार ७४९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत पाएका छन् । गोविन्द सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ३९५ मत पाएका छन् । अहिले मत गणना जारी रहेको छ ।




