About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,एसओएस हर्मन माइनर विद्यालय इटहरीले कम्प्युटर इन्जिनियरिङ सम्बन्धी कक्षा सुरु गरेको छ । कम्प्युटर इन्जिनियरिङ सम्बन्धी कक्षा सुनसरीमै पहिलो पटक भएको बिद्यालयको दावी छ ।
इटहरी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा यसै शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको कार्यक्रम सुरु भएको हो । इन्जिनियरिङ धारको पठनपाठन सुनसरी जिल्लामै पहिलोपटक सुरु गरिएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले जानकारी दिनुभयो । ४८ जनाको सिट रहेको कक्षामा पच्चीस प्रतिशत लक्षितवर्गका विद्यार्थीले छात्रवृत्तिपाउने बताइएको छ ।
एसओएस बालग्राम नेपाल, पारिवारिक संरक्षण विहीनतथा परिवारको संरक्षणबाट वञ्चितहुने अवस्थामा रहेका बालबालिकाहरूकालागि ५१ बर्षदेखि संचालित सामाजिक संस्था हो । एसओएस बालग्राम नेपालले राष्ट्रभर १० बालग्राम सहित ४४ वटा परियोजना सञ्चालन गर्दै आएको छ । एसओएस बालग्राम नेपालद्वारा एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी परियोजनाका रुपमा संचालित छ ।
वैशाख ५गते सोमबार देखि इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने विद्यालयले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि अब्बलमानिँदै आएको एसओएस हर्मन माइनर विद्यालयले प्राविधिक धारको शिक्षा सुरु गरेसँगै आकर्षणको केन्द्र बनेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय