उर्लाबारी, १६ भदौ
नुतन राई, उर्लाबारी–५ स्थित पर्शु किराँत ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् । एक दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका उम्दा व्यवसायी राई उर्लाबारीका व्यवसायी माझ चिरपरिचित छन् ।
उनै, युवा व्यवसायी नुतन राई यही भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा प्रगतिशील साझा प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेद्वार बनेका छन् । निर्वाचनमा तमाम ब्यवसायीका समस्या समाधानका लागि सम्बन्धित स्थानमा आवाज बुलन्द गर्न सदस्य पदमा उम्मेद्वारी दिएको उनले बताए ।
व्यापारीको हकहित, सुरक्षा, व्यापारिक समस्याको समाधानका लागि आफ्नो उम्मेद्वारी रहेको उल्लेख गर्दै उनले भने, ‘संघलाई सबै व्यापारीको साझा संस्थाको रुपमा विकास गर्न आफ्नो ठाउँबाट योगदान गर्नेछु ।’ पहिलो पटक संघको कार्यसमिति सदस्य पदमा उम्मेद्वार बन्नुभएका राईले संस्थामा गएर थपडी बजाउने मात्र होइन, केही काम गरेर देखाउने अठोट लिएको बताउँछन् ।
संघमा गएर जोश जाँगरका साथ काम गर्ने बताउँदै उनले भदौ ३१ गतेको निर्वाचनमा आफूलाई कार्यसमिति सदस्य पदमा मतदान गरी विजयी गराउन सम्पूर्ण व्यापारी, व्यवसायीहरुलाई आग्रह गरेका छन् ।




