इटहरी,शिवम् सिमेन्ट खरिद गर्ने दुईजोडी उपभोक्ता थाइल्याण्ड भ्रमणमा जान पाउने भएका छन । “शिवम सँग उपहार टन्न” नामक उपहार योजना अन्तर्गत इटहरीमा पत्रकार सम्मेलन मार्फत भएको लक्की ड्र कार्यक्रमका बिजेता बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका हुन ।दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४जोडीविजेताले हेलि टुर पुरस्कार जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशवकुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थपएकजना सहित ६ जनालेआधा–आधा केजीचाँदीउपहार प्राप्त गरेका छन् । चौथो पुरस्कारवापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथावितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । शिवम्सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न”उपहार योजनाको मासिकलक्की ड्र अन्तर्गत दोस्रोमहिनाको भाग्यशाली(उपभोक्तातर्फ ३०जना र विक्रेतातर्फ ४०जना)विजेताहरुको नामलक्की–ड्रमार्फत पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको हो ।यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो ।
कम्पनीका अनुसार हालसम्मलक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनि सकेका छन् । क्गचभ कजयचत पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् । सिभम सिमेन्टका भाइस प्रेसिडेन्ट निखिल अग्रबालले सिभम सिमेन्टले गुणस्तरको मामिलामा कुनै कम्प्रमाइज नगर्ने दाबी गर्नुभयो । एनएस क्वाइलिटि अवार्ड पाउने र शेयर निष्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी पनि सिभमनै रहेको अग्रबालले जानकारी दिनुभयो । प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने र सो कुपन स्क्याच गरि २०० देखि . ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री उपहार जित्न सक्ने जनाईएको छ ।त्यस्तै सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म उपहार जित्ने मौका पाउने समेत शिवम सिमेन्टले बताएको छ ।




