उर्लाबारी, ७ मंसिर
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पहिलो हुने निर्वाचित हुनेसँगै समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ ।
प्रदेश सभा प्रदेश नं. १ को समानुपातिकमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
हालसम्म एमालेले ६१३१७, नेपाली काँग्रेसले ५४३४५, नेकपा माओवादी केन्द्रले २२९६१, राप्रपाले १८९२० र जनता समाजवादी पार्टी नेपालले ८ हजार ६६ मत पाएका छन् ।




