काठमाडौं, ६ मंसिर
चितवन–२ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।
मंगलबार राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७ हजार ७९७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४ हजार ९५६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ हजार ६०७ मत ल्याएका छन् ।




