संखुवासभा, संखुवासभामा माओबादी निकट वाईसीएलका केन्द्रिय सचिब सहित सयौ माओवादी कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा वाइसीएलका केन्द्रीय सचिव संखुवासभाको मादी नगरपालिका निवासी पृथक पाठकसहितका माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । मादी नगरपालिकामा भएको नेकपा एमालेको चुनावी कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्नेहरुमा नेकपा माओवदी केन्द्र जिल्ला कमिटी सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला कमिटी सदस्य दिपेश खवास, मादी नगर कमिटी सदस्य सनक बहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पा लगायत छन् । कार्यक्रममा बौल्दै पृथक पाठकले नेकपा एमालेबाट मात्र देशको विकास र सम्वृद्धि हासिल हुने देखेर नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले देशको हित र जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ नेकपा माओवादीमा आवद्ध भएपनि त्यस पार्टीबाट यो संभव नहुने बताउनुभयो ।





