About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,एमाले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीले यसपटक जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “दुई दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाधली भयो,न्यायका लागि अदालत गएँ,अदालत बाट पनि न्याय पाइन,यसपटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु । ” तीस बर्षमा पञ्चायती ब्यवस्था हटयो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ बर्ष देखि शासन गरिरहेको जनाउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताउनुभयो । एकै ब्यक्ति तीसौ बर्ष शासनमा रहदा त्यसो शासन सामन्ती बन्ने उहाँको दावी छ । सुनसरी ३ मा तीस बर्ष देखि नभएको बिकासको काम आफूले पाँच बर्षमै गर्ने चौधरीको दावी छ । उहाँले इटहरीको वाढी र ढुवानको समस्या समाधान गर्न ब्यवस्थित कार्ययोजनाका साथ अघि वढने प्रतिवद्धता जनाउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय