About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजङ, नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभाका उम्मेदवार योगेश भट्टराईले आफू विरुद्ध प्रचार गरिएका भ्रामक सूचनाहरूको पछि नलाग्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ । बिज्ञप्ती जारी गर्दै उहाँले आफूविरुद्ध भ्रामक सूचना प्रवाह नर्गन आग्रह गर्नुभएको छ । ताप्लेजुङ सामाजिक, सांस्कृतिक एवं धार्मिक सहिष्णुताले भरिपूर्ण जिल्ला रहेको र आफू प्रतिनिधिसभा सदस्य र केही समय मन्त्री समेत रहँदा ताप्लेजुङका लागि माङ्हिम तथा माङ्गेना यकहरुको निर्माण, लिम्बु संग्राहालयको विकास, गुम्बाहरूको पूर्वाधार विकास , बहुसांस्कृतिक संग्रहलयको निर्माण , निसान छापको संरक्षण, भिन्तुना भवनको निर्माण , लगायतका सामाजिक र सांस्कृतिक पहिचानका लागि सक्दो रकम व्यवस्थापन गरेको कुरा सबैसामु प्रस्ट रहेको भन्दै भट्टराई ले भ्रामक सूचना जनतामाझ नछर्न विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।भट्टराईद्वारा जारी विज्ञप्तिमा सुकेटार विमानस्थलको सम्बन्धमा आफूले २०७८ जेष्ट १५ गते नै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरी असन्तुष्टि जनाएको उल्लेख गर्नुभएको छ । तिम्वूङ पोखरी तिम्वूङ पोखरीनै हुने र त्यो विष्णु पोखरी हुन नसक्ने उहाँको दाबी रहेको छ । पाथीभराको विषयमा खोज अनुसन्धान र तथ्यहरूको विश्लेषणबाट त्यसको टुंगो लगाउन उपयुक्त हुने उहाँको राय छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय