About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले रजत जयन्ती मनाउदै छ । महिलाद्धारा संचालित एक उत्कृष्ठ सहकारी संस्था महिला साकोस २५ बर्ष पुगेको अवसरमा बिहान इटहरीमा प्रभातफेरी गरियो । महिला साकोसकी अध्यक्ष अमृता सुब्बाका अनुसार भोली कातिक ४ गते शुक्रबार २४ औं बार्षिक साधारणसभा तथा रतज जयन्ती बिशेष कार्यक्रम गरिने छ । २०५५ सालमा ७५ जना सदस्यहरु र एकलाख पूँजीबाट सुरु भएको सस्था २५ बर्ष पुगेको हो । अहिले महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीमा ९ हजार १ सय ६९ जना सेयर सदस्य छन । सस्थाको कुल सम्पति ७२ करोड ६३ लाख ८९ हजार छ एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त महिला बचत तथा ऋण सहकारी संस्थाको सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालित छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय