About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ असोज
नेपाली कांग्रेस संसदीय बोर्डले सभापति शेरबहादुर देउवासहितका केही नेताको उमेदवारी टुंगो लगाएको छ ।
राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट उमेदवार बनाउने निर्णय गरेको छ । यस्तै, तेह्रथुममा सीता गुरुङलाई उम्मेद्वार बनाउने भएको छ ।
यस्तै प्रदेशसभातर्फ तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङगामलाई टिकट दिने निर्णय गरेको छ । सत्ता गठबन्धनमा ताप्लेजुङमा संघीय सांसद नेकपा माओवादी केन्द्र र प्रदेश (क) क्षेत्र नेकपा एकीकृत समाजवादीलाई परेको छ । यस्तै, तेह्रथुमको प्रदेश (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय