About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले भागवण्डामा सहमति गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको सहमति अनुसार मोरङमा प्रतिनिधिसभाका ६ क्षेत्र मध्ये नेपाली काँग्रेसले ४ र नेकपा माओवादी केन्द्रले २ क्षेत्रमा उम्मेद्वारी दिने सहमति गरेका छन् ।
यस्तै, प्रदेशसभाका १२ क्षेत्र मध्ये काँग्रेसले ७, नेकपा माओवादी केन्द्रले २, नेकपा एसले २ क्षेत्र पाएका छन् । मोरङ क्षेत्र नं. ६ (१) मा भने काँग्रेस र माओवादी दुवैको दाबी रहेको छ ।
यस्तो छ सहमतिः
क्षेत्र नं. १ नेपाली काँग्रेस, प्रदेश १ (१) नेकपा माओवादी केन्द्र, १ (२) नेकपा एस
क्षेत्र नं. २ नेपाली काँग्रेस, प्रदेश २ (१) नेकपा माओवादी केन्द्र, २ (२) काँग्रेस
क्षेत्र नं. ३ नेपाली काँग्रेस, प्रदेश ३ (१) काँग्रेस, ३ (२) नेकपा एस
क्षेत्र नं. ४ माओवादी केन्द्र, प्रदेश ४ (१) काँग्रेस, ४ (२) काँग्रेस
क्षेत्र नं. ५ माओवादी केन्द्र, प्रदेश ५ (१) काँग्रेस, ५ (२) काँग्रेस
क्षेत्र नं. ६ नेपाली काँग्रेस, प्रदेश ६ (१) काँग्रेस÷नेकपा माओवादी केन्द्र, ६ (२) काँग्रेस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय