About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्न अब दुई दिन बाँकी रहेको छ । पर्सि असोज २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ ।
निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन सोही दिन साँझ ७ गतेसम्म गर्ने आयोगले जनाएको छ । यस्तै, उम्मेद्वारको विरोधमा उजुरी दिने असोज २४ गते १० देखि ३ बजेसम्म, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २५ गते साँझ ५ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन गर्ने २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेद्वारको नाम र्फिा लिने असोज २६ गते १० देखि १ बजेसम्म तोकिएको छ ।
असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन ४ देखि ७ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय