काठमाडौं, २१ असोज
नेकपा एमालेले झापाका सबै पाँच वटै संघीय र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सांसद छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ ।
उम्मेद्वारहरुको अन्तिम सुची आज नै सम्बन्धित जिल्लामा पठाइने पार्टी केन्द्रले जनाएको छ । एमाले स्रोतका झापा क्षेत्र नं. १ मा अग्नि खरेल, क्षेत्र नं. २ मा देवराज घिमिरे, क्षेत्र नं. ४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू र क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहनेछ । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । यस क्षेत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेद्वारी रहने छ ।
प्रदेशतर्फ क्षेत्र नं ५ (क) मा हिक्मत कार्की र ख मा होमबहादुर थापा, क्षेत्र नं ४ (क) मा राधाकृष्ण खनाल उम्मेद्वार बन्नेछन् भने ‘ख’ राप्रपाले पाउने भएको छ । क्षेत्र नं ३ (क) मा वसन्त बानिया र (ख) मा हरि राजवंशी, क्षेत्र नं २ (क) मा एकराज कार्की र (ख) मा चिन्तन पाठक, क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ ।




