About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ असोज
बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।
सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सञ्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ । घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई विजयादशमीको दिन बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिने समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय