About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

निर्मला पौडेल

इटहरी,सामाजिक सञ्जाल र बैदेशिक रोजगारका कारण दशैंमा खेलिने लिङ्गेपिङ सँस्कृति लोप हुने खतरा बढेको छ । लिङ्गेपिङ दशैमा अनिवार्य मानिन्थ्यो । तर केहि बर्ष यता दशैमा लिङ्गेपिङ हाल्ने क्रम निक्कै घटेको छ । फूलपातिका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउछन । पहाडका डाँढा देखि तराईका फाँटमा दसैंमा पिङ हाल्ने युवा जमात व्यस्त भेटिन्थे । तर आजभोलि दशैमा पिङको आकर्षण घटेको छ  ।
टोलभरिका मान्छेभेला भएर बाबियो बाटेर लठठा बनाएर लिङगे पिङ हाले पछि दशै आए जस्तै लाग्थ्यो । उहिल्यै पिङमा मच्चिएको सम्झदै जनता क्याम्पसका प्राध्यापक गणेश पौडेल भन्नुहुन्छ “प्रविधिको विकास भएसँगै नयाँ पुस्तामा यसको आकर्षण घटयो । पहिला दशैंमा पिङ हाल्ने भनेपछि दुईतीन दिन देखिनै उल्लाह हुन्थ्यो, पिङहाल्ने अभियानमा दुईतीन दिन लाग्थ्यो, पिङमा मच्चिएपछि दशैंआए जस्तो लाग्थ्यो,टोलका सबै बालबालिका भेला भएर पिङ खेल्दा सामुहिक भाबनाको बिकास हुन्थ्यो,अहिले त इन्टरनेटका कारण मोबाइल,ल्याबटप र स्मार्ट टेलिभिजनमा बालबालिका ब्यस्त हुन्छन, पिङको मतलबनै देखिदैन । ”

रातीको समयमा लठारो बाटदै
पहाडमा होइन तराईका शहर वजार र गाँउहरुमा पनि केहि बर्ष अघि सम्म प्रसस्तै पिङ हालिन्थ्यो । कलाकार तीर्थ नीरौला पनि आजकल पिङले भन्दा पनि सामाजिक सञ्जाललेनै बालबालिका देखि जेष्ठ नागरिकसम्मलाई आकर्षित गरेको बताउनुहुन्छ । उहाँका अनुसार गाँउ शहरीकरन हुदै गए,गाँउका युबा शहर केन्द्रित भए,शहरमा पिङहाल्ने ठाँउको पनि अभाब छ । दशैको यो बेला बालवालिका पिङमा होइन मोबाइलमा ब्यस्त छन । पुस्तान्तरण सँगै सस्कार पनि हस्तान्तरण हुन छाडेकोमा कलाकार न्यौपानेको गुनासो छ । रोजगारीको अवसरको लागि युवा जति बिदेश जानु पर्ने बाध्यता र बढदो आधुनिकरणले पुरानो चलन, संस्कार संकृति हराउदै गएको मोरङ्को बलियाका सन्तोस कटेलको भनाई छ ।
हिन्दु संस्कार अनुसार दशैमा जमिन छोडनु पर्छ भन्ने मान्यता छ । पिङ खेल्दा हुने रमाइलो त छदैछ,यो हाम्रो परम्परा पनि हो । पिङ हाल्ने युवा जनशक्ति विदेश पलायन हुनु, प्रविधी र शहरीकरणको कारण दशैंतिहारमा खेलिने पिङ संस्कृति लोप हुँदै जानु चिन्ताको बिषय हो  ।संस्कार संस्कृतिको जर्गेना गर्न स्थानीय सरकार र सरोकारबाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय