बिराटनगर,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तरी असी सिट जित्न काँग्रेसले गठवन्धन गर्नु नपर्ने बताउनुभएको छ । मोरगको वुढीगँगा टंकीशिनवारीमा नेपाली काँग्रेस क्षेत्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले १०० सिटमा कांग्रेसले उम्मेदवारी दिनुपर्ने अडान राख्नुभयो । उहाँले सय सिट भन्दा तल सहमति गरे बिद्रोह हुन सक्ने चेतावनी समेत दिनुभयो । नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले १०० सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन। हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नभएको छ। हामीलाई ७०–८० सिट जित्न गठबन्धन आवश्यक छैन।’एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताउनु भयो । उहाँले कांग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभामा छाड्न नसक्ने प्रष्ट पार्नुभयो । यसबारे आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिसकेको बताउनु भयो । आफूहरूको भनाइलाई बेवास्ता गरेर सभापतिले निर्णय गरे पार्टीमा विद्रोह हुनसक्ने उहाँको भनाइ छ।




