About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ भदौ
मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ ‘क’ ले उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. १ (क) क्षेत्रीय समितिको आज उर्लाबारीमा बसेको बैठकले मोरङ १ बा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिकमा ललित अधिकारी, सीता कार्की र नारायण धिमालको नाम सिफारिस गरेको छ ।
यस्तै, मोरङ १ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ गोमा नेपाल, चिरञ्जिवी थापा, अर्जुन तुम्रोक र वीरबल थापा तथा प्रदेश समानुपातिकतर्फ खड्ग फागो, शोभा चेम्जोङ पालुङ्वा, विजय कार्की र नेत्रकुमारी भट्टराईको नाम सिफारिस गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय