About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १४ भदौ
नेपाल राष्ट्र बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० का खुजुरा नयाँ नोटहरु बजार पठाउने तयारी गरेको छ । दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको बैंकले जनाएको छ ।
बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यसपालि सुकिला नोटको पर्याप्त व्यवस्था गरिएकोले बजारको माग अनुसार नोटको वितरण गर्ने बैंकको तयारी छ । गत वर्ष प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय